

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ ।
कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य ०.९८ बिन्दुले घटेको छ । बैंकिङ ९.३४, होटल ३.४३, जलविद्युत् २.७४, वित्त २.०५, निर्जीवन बीमा ७५.३३, उत्पादन ९७.७९, लघुवित्त ६.०८, जीवन बीमा २९.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।
कारोवरका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ९१ लाख ८० हजार ५२ बराबरको कारोवार भयो । यस्तै नागरिक लगानी कोष रु ३२ करोड ३५ लाख १८ हजार ४१०, एनआइसी एशिया बैंक रु ३० करोड ६ लाख ६८ हजार ९२७, नबिल बैंक रु २४ करोड ३४ लाख १६ हजार २८, शिवम् सिमेन्ट रु २१ करोड १७ लाख ५५ हजार ५७५, एनसिसी बैंक रु १८ करोड ११ लाख ३३ हजार ३१६, ग्लोबल आइएमई बैंक रु १२ करोड ७४ लाख ३३ हजार ८६२ र नेपाल पुर्नबीमा कम्पनी रु १२ करोड ४९ लाख ८८ हजार ३५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा नारायणी डेभलपमेन्ट बैंक ९.९०, सेन्ट्रल फाइनान्स ९.६२, राधी विद्युत् कम्पनी ७.५९, एनसिसी बैंक ६.०१, आइएमई जनरल इन्स्योरेन्स ५.६४, एनआइसी एशिया बैंक ५.४३, नेपाल ल्यूब आयल ४.८२ , शिवमु सिमेन्ट ४.६४ र प्रभु बैंकका लगानीकर्ताले ४.४८ प्रतिशतले कमाए । एबिएल डिबेञ्चर ७.६०, समटि लघुवित्त ३.८७, समृद्धि फाइनान्स ३.७३, एनएमबी पचास ३.३२, साल्ट टे«डिङ कर्पोरेशन २.९९, सानिमा माई हाइड्रोपावर २.९३ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।
News Desk 0 response सोमवार, पुस १३, २०७७

सम्बन्धित शीर्षकहरु
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



