

-
काठमाडौं । सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो । यस्तै, सोमबार भने बजार सम्हालिएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ९५.४६ बिन्दुले उकालो लागेर २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५.१८ बिन्दुले उकालो लागेर ३९१.७४ मा पुगेको छ । कूल २०५ कम्पनीको एक करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर रु छ अर्ब ७४ करोड सात लाख ४४ हजार ४३२ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका १२ वटा समूहको नै शेयर उकालो लागेको छ । त्यसमा बैंकिङ ७०.९, व्यापार ७७.४८, होटल २०.५६, विकास बैंक ६६.१७, जलविद्युत् ८०.६८, वित्त २५.८, निर्जीवन बीमा ५२७.७७, उत्पादन ११३.०८, अन्य ७८.८, लघुवित्त १०७.०५, जीवन बीमा ९५०.९५ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु ४६ करोड ८१ लाख ३४ हजार १७२, प्रभु बैंक रु ३२ करोड एक लाख १४ हजार ६१३, एनसिसी बैंक रु २७ करोड ३१ लाख ७१ हजार ८०९, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ५८ लाख २६ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै, शिखर इन्स्योरेन्स १०, नबील बैंक ९.९९, नेपाल लाइफ इन्स्योरेन्स ९.९६ साञ्जेन जलविद्युत् कम्पनी ९.९६, एनआइसी एशिया बैंकका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाए । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९.९२, युनाइटेड इदी मर्दी ९.९०, सनराइज फ्रस्ट म्युचुअल फण्ड ५.१९, श्री इन्भेस्टमेन्ट १.९८ र माउण्टेन इनर्जीका लगानीकर्ताले १.८१ प्रतिशतले गुमाए ।
News Desk 0 response मङ्लबार, पुस ७, २०७७

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


