

-
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो । चाडपर्व सकिएको र नेपाली चिनी उद्योगबाट नयाँ चिनी आउने समय भएकाले पुरानो प्रक्रिया रद्द गरिएको कम्पनीले जनाएको छ । । कम्पनीका अनुसार कम्पनीले आह्वान गरेको बोलपत्रमा आवेदन नै नपरेपछि प्रक्रिया रद्द गरिएको हो ।
सरकारले गत साउनमा ५० प्रतिशत भन्सार छुटमा दश हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । सरकारको अनुमतिअनुसार कम्पनीले चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गरेको थियो । पहिलो आवेदनमा कुनै निवेदन नपरेको जनाउँदै पुनः बोलपत्र आह्वान तयारी गरेकोमा चिनी ल्याउन नसकिने भन्दै प्रक्रिया रद्द गरिएको हो ।
गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो ।
साल्ट कर्पोरेशनले दशैँ अगाडि नै ल्याएको २० हजार मेट्रिक टन चिनी बिक्री भइसकेको भन्दै नयाँ खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुमति मागेको छ । खाद्य कम्पनीले हाल साल्ट कर्पोरेशनबाट चिनी लगेर बिक्री गरिरहेको छ । चाडपर्वलाई ध्यानमा राख्दै गत असोज १५ गतेदेखि आगामी माघ २ गतेसम्म सञ्चालन हुने सुपथ मूल्यका पसलमा कर्पोरेशनको चिनी बिक्री भइरहेको खाद्य कम्पनीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, पुस ७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३
-
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



