• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो ।