

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागेर २०३२.५१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ बिन्दुले घटेर ३८५.९४ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर रु ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बराबरको कारोबार भयो ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूह भने ९.२८ ले उकालो लागेको हो । त्यस्तै, बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८० करोड २५ लाख ८३ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५५ करोड ४० लाख ३३ हजार ४१८, नेपाल बैंक लिमिटेड रु ३७ करोड ८७ लाख ६५ हजार ७४३, नागरिक लगानी कोष रु २६ करोड १७ लाख ३५ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड ५३ लाख १८ हजार ३४९, एनआइसी एशिया बैंक रु २३ करोड ८६ लाख ११ हजार १६४, शिखर इन्स्योरेन्स कम्पनी रु १६ करोड ९१ लाख १२ हजार ९२८ र हिमालयन डिस्टिलरी रु १६ करोड ७५ लाख १८ हजार ७१७ बराबरको कारोबार भई शीर्ष स्थानमा छन् । कारोबार भएका कूल कम्पनीहरुमध्ये ४५ कम्पनीको शेयर उकालो लाग्दा ११७ कम्पनीको भने ओरालो लागेको छ ।
यस्तै ११ कम्पनीको भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा माहुली सामुदायिक लघुवित्त ९.९३, माउण्टेन इनर्जी ९.७९, छ्याङदी हाइड्रोपावर ९.६६, सारथी नेपाल लघुवित्त ६.२२, आरएमडिसी ५.८८, सूर्योदय लघुवित्त ५.३८, मिर्मिरे माइक्रोफाइनान्स ४.७१, सिटिजन इन्भेस्टमेन्ट बैंक ४.६८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ४.५२ प्रतिशतले कमाएका छन् ।
यसैगरी, नारायणी डेभलपमेन्ट बैंक ७.५१, नेपाल बैंक लिमिटेड ६.२५, खानीखोला हाइड्रोपावर ५.९३, नेपाल पुनरबीमा कम्पनी ५.८१, माथिल्लो तामाकोशी ४.९८, ओरियन्टल होटल ४.११, एनसिसी बैंक ४ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन् । रासस
News Desk 0 response बिहिबार, पुस २, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



