

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ । कूल १९९ कम्पनीको एक करोड पाँच लाख ५८ हजार ३९१ कित्ता शेयर रु पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.९५, व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन २०.७२, लघुवित्त ७६.५७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, जलविद्युत् २४.३६, वित्त २.१, निर्जीबन बीमा १३८.४२, अन्य २६.०२ र जीवन बीमा १६०.८५ बिन्दुले ओरालो लागेको छ ।
कारोवारका आधारमा आज एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ४३ लाख ९५ हजार ३६२ बराबरको कारोवार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स रु ३१ करोड ९१ लख ७६ हजार ९३०, नेपाल पुनरबीमा कम्पनी रु २४ करोड ३९ लाख ६९ हजार १४६, नबिल बैंक रु १८ करोड ४८ लाख ५९ हजार ९७५, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु १३ करोड नौ लाख १७ हजार ७७१, नेपाल इन्भेस्टमेन्ट बैंक रु १२ करोड ९७ लाख ६५ हजार ३१७, आरएमडिसी रु १२ करोड १३ लाख ८३ हजार र एनआइसी एशिया बैंक रु ११ करोड ३९ लाख ४५ हजार ८१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी ९.९५, माउण्टेन इनर्जी ९.८८, सूर्योदय लघुवित्त ९.८८, एनसिसी बैंक ८.३३ र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाए ।
यसैगरी एनएमबी ५० का लगानीकर्ताले ४.४८, शिखर इन्स्योरेन्सले ३.३३, गुडबिल फाइनान्सले ३.२६, रिडी हाइड्रोपावरले ३.२१, चिलिमे हाइड्रोपावरले २.९६, तारागाउँ रिजेन्सी होटलले २.७४, सानिमा माई हाइड्रोपावरले २.७३, नेपाल पुनरबीमा कम्पनीले २.६४ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले २.४८ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बुधबार, पुस १, २०७७

सम्बन्धित शीर्षकहरु
-
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३
-
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३ -
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३



