

-
कोषले मुख्य चार सुरक्षा योजना सञ्चालन गर्नेछ। स्वास्थ्य तथा सुरक्षित मातृत्व योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना मुख्य योजना रहनेछन्। आवश्यकता अनुसार अन्य योजना सञ्चालनको अधिकार ऐनले कोषलाई दिएको छ।
सोही रकमबाट श्रमिकलाई निश्चित समयको सेवापछि पेन्सन, दुर्घटना बीमा, कामदार र आश्रित परिवारको स्वास्थ्य सुविधा पनि उपलब्ध हुनेछ। यस्तै, श्रमिकसँग आश्रित परिवारको स्वास्थ्य परीक्षण, मातृत्व सुरक्षा, अशक्तता सुरक्षाको योजना पनि रहनेछ। कोषले बेरोजगार सहायता कार्यक्रम तथा अन्य आवश्यकता अनुसारका कार्यक्रम पनि सञ्चालन गर्न सक्ने व्यवस्था ऐन र कार्यविधिमा गरिएको छ।
श्रमिकको दुर्घटना वा कामका सिलसिलामा मृत्यु भएको अवस्थामा मृतकको पति वा पत्नीले कार्यरत रहेको अन्तिम समयको न्यूनतम तलबको ६० प्रतिशत रकम पेन्सनका रूपमा आजीवन पाउने व्यवस्था छ। श्रमिकको मृत्यु हुँदा १८ वर्षभन्दा कम उमेरका सन्तान रहेमा अन्तिम न्यूनतम तलबको ४० प्रतिशत शैक्षिक वृत्तिका लागि दिनुपर्ने व्यवस्था छ। एकभन्दा बढी १८ वर्षमुनिका सन्तान रहेको हकमा अन्तिम तलबमानको ६० प्रतिशत रकम दामासाहीमा भाग लाग्नेछ।
श्रमिकले निवृत्तिभरण वा अवकाश योजनामा दुईमध्ये एक रोज्न पाउने व्यवस्था गरिएको छ। २०७६ साउन १ पछिका श्रमिकले निवृत्तिभरणको मात्र सुविधा पाउनेछन्। त्यसअघिका श्रमिकले योजना छनोटको अवसर पाउनेछन्।
१५ वर्षभन्दा कम सेवा गरेका श्रमिकका हकमा जम्मा भएको आफ्नो रकममात्र बुझ्ने हक हुनेछ। सोभन्दा बढी सेवा गरेका र तोकिएको उमेर पुगेका श्रमिक भने अवकाश योजनामा सहभागी हुन पाउनेछन्। जसअन्तर्गत श्रमिकले आफूले काम गरेको अवधिमा जम्मा गरेको रकम र कोषले विभिन्न लगानीबाट गरेको प्रतिफलसमेत जोडेर १८० ले भाग हुँदा आउने रकम श्रमिकले मासिक पेन्सनका रुपमा पाउनेछन्।
पेन्सन योजनामा सामेल हुनुअघि श्रमिकको मृत्यु भएमा जम्मा भएको रकम हकवालाले पाउने व्यवस्था छ। योगदानकर्ताको मृत्यु भएको अवस्थामा सामाजिक संस्कार खर्च पनि कोषमार्फत नै उपलब्ध हुनेछ।
News Desk 0 response मङ्लबार, मंसिर ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



