

-
तातोपानी ।
नेपाल र चीनको स्थल ब्यापारिक नाका हुँदै नेपालतर्फ सामान ल्याउँदा कन्टेनरबाट मात्र ल्याउने ब्यवस्था मिलाईएको छ । कोभिडका कारण पनि समस्यामा रहेको यो नाका हुँदै आउने सामान चीन बाट चालिस फुटको कन्टेनरमा आउने र सो सामान भन्सार जाँचपछि हेड परिवर्तन गरेर काठमाडौं लैजाने ब्यवस्था गरिएको छ । त्यसो हुँदा बिभिन्न स्थानमा लोड अनलोड गर्दा सामान बिग्रने तथा कोभिडको समस्यामा पनि न्यूनिकरण हुने बताईएको छ । चिनियाँ पक्षलेनै ब्यपार ब्यवस्थापन गर्न यो शर्त राखेपछि नेपाली शिल्क ट्रान्सपोर्टको चालिस फुटे कन्टेनरले सामान ढुवानी गर्ने छ । यो नाकामा ब्यापार ब्यवसाय ब्यवस्थित गर्न लागिरहेको शिल्कले चीन तथा नेपाल सरकारबीच सहजीकरण गरेर ब्यवस्थित तथा आधुनिक तवर बाट काम गर्न लागेको हो । बुधवार शिल्कका अध्यक्ष रमेश शेर्पा तथा तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले यो कामलाई औपचारिकता दिएका थिए । बुधवार नै तीनबटा कन्टेनर नेपाल तर्फ प्रवेश गरेको छ । चीनको मुसा ट्रान्सपोर्ट कम्पनीसँगनै समन्वय गरेर शिल्कले काम गरिरहेको यसको प्रमुख रमेश शेर्पाले जानकारी दिए । कोभिडको असर बढिरहेको अवस्थामा त्यसबाट बचेर सामान आयात निर्यात गर्नका लागि पनि नयाँ प्रकृया अपनाईएको शेर्पाले बताए । कोभिडका कारण नेपाली ब्यवसायीका ११ सय कन्टेनर भन्दा धेरै सामान चीनतर्फनै अड्किएका छन् । ती सामान लाई पहिलो प्राथमिकतामा राखिएको शेर्पाले बताए । चिनियाँ पक्षले चालिस फिटको कन्टेनरको प्रयोग गर्न भनेपछि नेपाल तर्फको बाटोका कारण भने समस्या परेको छ । नेपालतर्फको सडक गत बर्षाद्को बाढीका कारण जीर्ण अवस्थामा छ । तत्काल अरनिको राजमार्गको सुधार गर्नका लागि सरकारले योजना बनाउनु आवश्यक रहेको ब्यापारीहरु बताउँछन् ।
News Desk 0 response बुधबार, मंसिर १०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



