

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ६४.७० विन्दुले उकालो लागेर एक हजार ८४७.८१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.९६ विन्दुले उकालो लागेर ३६२.३३ मा पुगेको छ । शेयर बजार २०७३ साउन १२ गते बुधबारकै हाराहारीमा पुगेको छ । सो दिन नेप्सेले एक हजार ८८१.४५ विन्दु कायम गरेको थियो । उक्त विन्दुमा पुग्नका लागि आज मात्रै सात अङ्क कम रहेको छ ।
नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच अर्बमाथि पुगेको छ । कूल १९६ कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर रु पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । होटल उपसमूह १.०२ विन्दुले ओरालो लाग्दा बैंकिङ ४०.४, व्यापार १७९.९९, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, वित्त १५.२८, निर्जीवन बीमा ३१६.६९, उत्पादन ३००.३३, अन्य ९५.२१, लघुवित्त १०६.८६, जीवन बीमा १९०.४३ र सामूहिक लगानी कोष ०.१५ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेको इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४२ करोड २९ लाख ९८ हजार ५२६ बराबरको कारोबार भयो । यस्तै, पुनर्बीमा कम्पनी रु ३६ करोड ७३ लाख ८४ हजार २७४, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ७९ लाख नौ हजार ८९१, नबिल बैंक रु २९ करोड ६२ लाख ३५ हजार ३३३, नेपाल बैंक रु २३ करोड ४१ लाख ५० हजार ७५०, शिखर इन्सुरेन्स रु २० करोड ६० लाख ९६ हजार २४५ र प्रभु बैंकको रु १९ करोड ६० लाख ७४ हजार २४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा विशाल बजार कम्पनी १०, शिवम् सिमेन्ट १०, एनएमबी माइक्रोफाइनान्स १०, नेपाल पुनर्बीमा कम्पनी ९.९२, अजोड इन्सुरेन्स ९.९१, नेपाल दूरसञ्चार कम्पनी ९.८६, आँखु खोला जलविद्युत् कम्पनी ९.७७, शिवश्री हाइड्रोपावर ९.६८, ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यस्तै, नेशनल हाइड्रो पावर ५.८०, लक्ष्मी इक्विटी फन्ड ३.६८, सिनर्जी पावर २.०८, युनिभर्सल पावर २.०३, एभरेष्ट बैंक १.९८ जानकी फाइनान्स १.९५ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बुधबार, मंसिर १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३ -
अमेरिका र इरानबीच बढ्दो तनाबले हर्मुज क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
शेखर गोल्छा हिरासत मुक्त
मङ्लबार, बैशाख २२, २०८३ -
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



