

-
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हालै जारी श्रमसम्बन्धी दुई छुट्टाछुट्टै कानुनका कारण देशमा लगानीको वातावरण बनेको बताए । श्रमिकहरुको वर्तमान आर्थिक अवस्था विषयमा एओटीएसद्वारा जापानको टोकियोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षासम्बन्धी कानुनमा भएको नयाँ व्यवस्थाबाट देशमा लगानीको वातावरण बनेको धारणा राखे ।
News Desk 0 response शुक्रबार, मंसिर ७, २०७५
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्दै ढकालले देशमा उद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्ने र श्रमसँग जोडिएका विविध समस्या हलगर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको बताएका छन् ।
यी नयाँ कानुनी व्यवस्थाले श्रमिकसँग जोडिएका विभिन्न खाले समस्या सम्बोधनका लागि समन्वय गर्न महासंघलाई पनि सहयोग पुगेको धारणा उहाँले राख्नुभयो । नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आबद्ध ट्रेड युनियन प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघबीचको छलफल र परामर्शपछि यी कानुन आएका र नयाँ व्यवस्थाबमोजिम श्रमिकलाई दिने सेवा र सुविधाका लागि रोजगारदाताहरु पनि सहमत भएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमा यी कानुनले सकारात्मक प्रभाव पार्नेउनको तर्क छ ।
श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको आफ्नै र रोजगारदाताका तर्फबाट गरिने योगदानले सामाजिक सुरक्षा कानुनतः नै निर्माण भएको र न्युनतम ज्यालाको नयाँ व्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । योगदानमा आधारित यस सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाताका तर्फबाट कामदारको शुरु तलबको २० र श्रमिक आफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमा जम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ ।
उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई पनि आग्रह गरे ।
सो सम्मेलनमा विश्वका १४ देशका रोजगारदाता कम्पनी तथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



