

-
काठमाडौं । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए । सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।
News Desk 0 response शनिबार, मंसिर ६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



