

-
काठमाडौं ।
बिगत २७ बर्षदेखि निर्यात ब्यवसायमा संलग्न नरेशलाल श्रेष्ठले नेपाल बाट बिदेशमा निर्यात हुने उद्योग ब्यवसायको प्रबद्र्धन गर्न आफूले उद्योग बाणिज्य महासंघमा उम्मेदवारी दिएको खुलाएका छन् । आयातको तुलनामा निर्यात उद्योग ब्यवसाय साह्रै कम भएका कारण यसको बृद्धि गर्न आवश्यक रहेको श्रेष्ठले बताए । सिन्धुपाल्चोकको बाह्रबिसेका सामान्य परिवारका श्रेष्ठ अहिले नेपाल बाट निर्यात हुने सामानको ब्यपार गर्ने मध्येमा अग्र भागमा रहेका छन् । नेपाली हातेकागजका सामान निर्माण गरेर बिदेश निर्यात गर्ने श्रेष्ठले जलबिद्युत तथा होटल क्षेत्रमा पनि लगानी गरेका छन् । सयौं युवालाई रोजगार पनि दिएका नरेशलालले उद्योग बाणिज्य महासंघका बस्तुगत समुह बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।उद्योग ब्यवसायको स्तर बृद्धिका साथै यसको गरीमा उँचो बनाउन आफ्नो उम्मेद्वारी रहेको श्रेष्ठले प्रतिकृया दिए । बिशेषगरी बस्तुगत तर्फको समस्या समाधानमा केन्द्रीत हुने श्रेष्ठको योजना छ । बिभिन्न सामाजिक संघसंस्थामा पनि कृयाशिल रहेका श्रेष्ठ ब्यापार ब्यवसायका अलवा सामाजिक काममा पनि सकृय छन् । श्रेष्ठलाई धेरै उद्योगी ब्यवसायीले उम्मेदवारीका
लागि हौसला दिएका छन् ।नेपालमा आयात भन्दा धेरै निर्यात भईरहेको अवस्थामा निर्यात बृद्धि गर्ने योजना बनाउन पनि उम्मेदवारी दर्ता गराएको श्रेष्ठको भनाई छ । नीजि क्षेत्रको उत्थाननै आफ्नो प्रमुख लक्ष्य रहेको कारण महासंघको केन्द्रीय सदस्य बन्न लागेको श्रेष्ठको भनाई छ ।
News Desk 0 response बुधबार, मंसिर ३, २०७७
नेपालमा निर्यात ब्यापारको प्रबद्र्धन गरेमात्र देशको आर्थिक विकास हुने कारण पनि राज्य पक्ष र निजी क्षेत्रले यस तर्फ ध्यान दिएर नीति निर्माण गर्न आवश्यक रहेको श्रेष्ठको तर्क छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



