

-
काठमाडौं । सरकारले उत्तरी छिमेकी चीनमा रोकेर राखिएका नेपाली सामान बोकेका कन्टेर छुटाउन कूटनीतिक पहल थालेको छ।
उत्तरी छिमेकी मुलुकले सामान बोकेका कन्टेनर छुटाउन झन्डै १० महिनादेखि गरेको अवरोधपछि सरकारका तर्फबाट औपचारिक पहल सुरु भएको हो। कन्टेनर रोकिँदा गत पुसदेखि चीनमा अर्बौं रुपैयाँ बराबरका सामान अलपत्र छन्।
परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षलाई पत्र लेखेर सामान लोड गरेर रोकिएका कन्टेनर छिटोभन्दा छिटो नेपाल पठाउन आग्रह गरेको छ।
यसअघि स्थानीय तह र सम्बन्धित जिल्ला प्रशासनको पटकपटकको पहलपछि असोजमा केही दिन रसुवागढी र तातोपानी नाका खुलाएको थियो।
नाका खुलेको केही दिनमै नाकामा कार्यरत कामदारलाई कोरोना संक्रमण भएपछि चिनियाँ पक्षले फेरि नाका ठप्प पारेको थियो।केही दिनयता दुवै नाका खुले पनि अत्यन्त न्यून मात्र कन्टेनर आउन दिएकाले सरकारले पत्र पठाएर आयात सहज बनाउन चीनलाई आग्रह गरेको हो।
परराष्ट्रले पठाएको पत्रमा १० महिनादेखि नेपाली व्यपारीले लोड गरेर राखेका सयौं कन्टेनर चीनमै रोकिँदा नेपाली जनतामा चीनप्रतिको विश्वासमा संकट आउन थालेको उल्लेख छ।
पत्रमा नेपाली जनताको मनमा चीनप्रतिको सम्मान कायम राख्न नेपाली सामग्री बोकेका कन्टेनर जतिसक्दो छिटो नेपाल पठाउन चीन सरकारलाई आग्रह गरिएको छ।
परराष्ट्र प्रवक्ता सेवा लम्सालले सरकारले गत शुक्रबार चीनको सरकारको आधिकारिक निकायलाई पत्र लेखी चीनमा अड्किएका नेपाली सामान जतिसक्दो चाँडो नेपालमा पठाउन आग्रह गरिएको बताइन्।
उनले भनिन्, ‘हामीले चीनमा अड्किएका सामान नेपाल पठाउन कूटनीतिक भाषामा आग्रह गरी पत्र पठाएका छौं। छिटोभन्दा छिटो समस्या समाधान हुनेछ।’
१७ सय कन्टेनर सामान अलपत्र
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार अहिले लोड भएका १७ सय कन्टेनर चीनमै अड्किएका छन्।
गत पुसमा चीनको वुहानमा कोरोना भाइरस संक्रमण देखिएपछि चीनले तातापानी र रसुवागढी नाका बन्द गर्यो।सोही कारण नेपालमा सामान ल्याउन लोड भएका सयौं कन्टेनर चीनमै अड्किए। त्यतिबेला अड्किएका नेपाली व्यापारीको अर्बौंको सामान अझै आउन पाएको छैन। उनी भन्छन्, ‘हामीलाई हाम्रो सामान कस्तो अवस्थामा छ भन्ने थाहा छैन।’
ती कन्टेरमा गार्मेन्ट, जुत्ताचप्पल, कस्मेटिक्सका सामग्री तथा हाइड्रोपावर कम्पनीका लागि चाहिने सामग्री लोड गरिएका छन्।
अहिले कोरोनाको कारण देखाउँदै नेपाली व्यापारीलाई मितेरी पुलबाट उता प्रवेश नदिइएको उनले बताए।
नेपाली व्यापारीले समुद्रीमार्ग भएर चिनियाँ सामान आयात गर्दा कलकत्ता बन्दरगाह हुँदै ल्याउनुपर्ने हुन्छ। चीनबाट त्यसरी सामान ल्याउन कम्तीमा ४० दिन लाग्ने पौडेलले बताए।
तातोपानी र केरुङ नाकाबाट सामान ल्याउँदा १३–१४ दिनमा नै नेपाल आइपुग्छ।
कोरोना भाइरस संक्रमणको कारण देखाउँदै चीनले गत असोजसम्म ‘नाकाबन्दी’ गरेको थियो। केही दिन नाका खुले पनि केरुङ नाकामा एक जना र तातोपानी नाकामा तीन जना कामदारमा कोरोना देखिएपछि फेरि बन्द भयो।
अहिले स्थानीय तहको पहलमा दुवै नाका खुले पनि सीमित कन्टेनर मात्र आइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।
उनले भने, ‘कात्तिक १३ देखियता जम्मा पाँचवटा कन्टेनर नेपाल छिरेका छन्।’केरुङ नाका हुँदै दैनिक पाँच वटा कन्टेनर आउने गरेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए।
विगतमा सामान्य दिनमा दुवै नाकाबाट दैनिक ४० देखि ५० वटा कन्टेनर नेपाल भित्रिने गर्थे। परराष्ट्रले पत्रमा सबै कन्टेनरलाई पूर्ववत् रुपमा पठाउन आग्रह गरेको छ।
‘नेपाली व्यापारीमा पनि कोरोनाको डर भएकाले उनीहरु पनि सावधानी अपनाएर सामान लिन जान्छन्’, संघका अध्यक्ष पौडेलले भने।
स्वास्थ्य मापदण्ड अपनाए पनि अवरोध
तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सामान्य अवस्थामा चीनबाट दैनिक ४० देखि ५० कन्टेनर नेपाल भित्रिन्थ्यो। अचेल बढीमा दैनिक पाँच कन्टेनर सामान भित्रिएको छ।
उनले भने, ‘हामीले हाम्रो तहबाट गर्ने सम्पूर्ण काम गरिरहेका छौं। दैनिक २३ जना ९लोडर र ड्राइभर समेत० को पीसीआर परीक्षण गरिरहेका छौं। विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्ड पूरा गरेका छौं तर चिनियाँ पक्षले आयातमा रोक लगाइहरेको छ।
रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार दिनमा बढीमा पाँचवटा कन्टेनर मात्र नेपाल भित्रिएको छ। चिनियाँ कामदारले दिनमा एकपटक मात्र लोड–अनलोड गर्छन्। यस्तै प्रत्येक दुईदेखि तीन किलोमिटरमा कन्टेनर चालक परिवर्तन हुन्छन्।
नेपालबाट सामान खन्याएर गएका कन्टेनरमा प्रयोग भएका पाल, डोरीजस्ता सामान पनि चिनियाँ पक्षले नेपालमै फ्याँकेर जाने गरेका छन्। नेपालमा ल्याएर खन्याएका कन्टेनर कम्तीमा पनि तीन घण्टा घाममा सुकाउने गरेको खड्काले बताए।
उनले भने, ‘स्वास्थ प्रोटोकलका कारण चिनियाँहरुले यस्तो गरिरहेका छन्। उनीहरु एक जनालाई पनि कोरोना संक्रमण नहोस् भन्ने सोचका साथ काम गरिरहेका छन्।
nepalsamay
News Desk 0 response सोमवार, कार्तिक १७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



