

-
ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो ।
महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताए । उनले भने, “हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छौं ।”
यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन् ।
अनुगमन टोलीका एक सदस्यले यस्ता व्यवसायीलाई तुरुन्तै प्रक्रिया पुर्याएर सही तरिकाले व्यवसाय अघि बढाउन आग्रह गरेको जानकारी गराए । ललितपुरमा शुक्रबारबाट शुरु भएको बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ ।
News Desk 0 response आइतवार, कार्तिक २, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



