

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ ।
कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर रु एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु छ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ४८ लाख ५७ हजार ३१२, मन्जुश्री फाइनान्स रु तीन करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर रु तीन करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.८७, जनरल इन्स्योरेन्स ९.८५, माउण्टेन हाइड्रो ७.३३, रैराङ हाइड्रोपावर ४.७४, खानीखोला हाइड्रोपावर ३.६० र सानिमा माई हाइड्रेपावरका लगानीकर्ताले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, गुरास लघुवित्त वित्तीय संस्था ५.२१, खाँखु खोला जलविद्युत् कम्पनी ५.०८, नेपाल हाइड्रो ४.५५ र यूनिलिभर नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।
News Desk 0 response बिहिबार, अशोज २९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



