

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।
कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ६ लाख ५८ हजार ११७ बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु १० करोड दुई लाख ५३ हजार ६६५, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड ६९ लाख ४१ हजार ४७६, सानीमा माई हाइड्रोपावर रु सात करोड ६४ लाख ६५ हजार ८२९, अरुण काबेली पावर रु सात करोड ४२ लाख ५० हजार ४२, हिमाल दोलखा हाइड्रोपावर रु सात करोड आठ लाख ६५ हजार ४२४ र कामना सेवा विकास बैंकको रु छ करोड ७४ लाख ४१ हजार ३८७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आइसिएफसी फाइनान्स ९.८२, रिडी हाइड्रोपावर ८.४२, जानकी फाइनान्स ६.५१ , श्री इन्भेस्टमेन्ट कम्पनी ६.०६, रिलायन्स फाइनान्स ५.९५ र सबैको लघुवित्तका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए । त्यस्तै, अपि पावर कम्पनी ७.१४, खानीखोला हाइड्रोपावर ६.६७, दिव्यश्वरी हाइड्रोपावर ६.११, पञ्चकन्या माई हाइड्रो ६.१०, नेपाल फाइनान्स छ र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए ।
News Desk 0 response आइतवार, अशोज २५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



