• काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई कोभिड–१९ महामारी नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    उपत्यकामा अप्रत्यासित वृद्धि भइरहेको कोभिड महामारीसँग जुध्न र समुदायमा कोभिड भाइरसको फैलावट रोक्न कम्पनीले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई विविध चिकित्सा सामग्री प्रदान गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

    कोभिड महामारी विरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्यको सुनिश्चिता र तिनलाई सङ्क्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै एअरलाइन्सले ती चिकित्सा सामग्री हस्तान्तरण गरिएको जनाएको छ ।