

-
सिरहा । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसलमा सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।
सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले विक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका–५ निवासी ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया नगरपालिका–५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गङ्गा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
News Desk 0 response बिहिबार, अशोज १, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



