

-
चितवन । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।
गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उनले जानकारी दिए ।
होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उनको भनाइ छ । दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिए । बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उनको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् ।
रेष्टूरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुरेन्ट क्रमशः बिहीबारदेखि खुल्ने छन् । उनले भने “सेवा शुरु गछौं, क्रमशः थप रेष्टुरेन्ट खुल्दै जान्छन् ।” निकुञ्जले हात्ती, डुङ्गा, जीप सफारी, जङ्गल सफारीलगायतका पर्यटकीय गतिविधि सबै रोकेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताए । डुृङ्गाका लागि पहिलो पटकको बोलपत्रमा निवेदन नपरेको बताउँदै उहाँले पुनः बोलपत्र आह्वान गरिने जानकारी दिए । निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उनको भनाइ छ । बरालले भने, “सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन ।”
सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । रासस
News Desk 0 response बुधबार, भदौ ३१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३



