

-
वाग्मती । सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।
बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उनले जानकारी दिए । विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए ।
उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताएका छन् । गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिएका छन् ।
News Desk 0 response मङ्लबार, भदौ ३०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३



