• काठमाडौं । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो ।

    टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिए । बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक एक विकेट लिनुभयो । किफायती बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए । उनले बार्बाडोसका कप्तान होल्डरको विकेट लिएका थियो ।

    सन्दीप आबद्ध जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ । जमैका यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अङ्क तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ । प्रतियोगितामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै आएका छन् । उनले हालसम्म नौ खेलमा ११ विकेट लिन सफल भएका छन् ।