

-
अहिलेको कोरोना महामारीले विश्व नै आक्रान्त छ । योे परिप्रेक्षमा हाम्रो देशका सामाजिक, आर्थिक, राजनैतिक, ब्यवसायिक लगायत क्षेत्र धरासायी बन्दै गईरहेको छ । दिनानुदिन फैलँदै गएको कोरोना माहामारी र त्यसको प्रतिकुलता न्युनिकरण गर्न सरकारले गरेको निषेधाज्ञाले नेपालको धेरैजसो ब्यवसायमा नकारात्मक असर परिरहेको छ । यद्यपि, कतिपय ब्यवसाय तथा बजारहरु विषम परिस्थितिलाई मध्यनजर गर्दै बिभिन्न सुरक्षाका उपायहरु अपनाउँदै सञ्चालनमा आईरहेका पनि छन । कोरोनाको विकराल स्थिति र विद्यमान बन्दाबन्दी तथा लकडाउनका कारणले सम्पूर्ण उद्योगधन्दा, ब्यवसाय तथा ब्यापारको क्षेत्रमा परेको प्रभावको कारण त्यससँग सम्बन्धित सरोकारवालाहरु मारमा परिरहेका छन । जसका कारण साना, मझौला तथा ठूला ब्यवसायीहरु, मजदुरहरु, कर्मचारी, बिद्यार्थी लगायत के गर्ने के नगर्ने भन्ने अन्योलको स्थितिमा छन् । अन्योलको बावजूदपनि अहिले जनस्तरमा शेयर बजार र शेयर लगानीमा आकर्षण बढ्दै गईरहेको छ । यो बेला सो बजारमा लगानी गर्नका लागी त्यसको बारेमा केही आधारभूत ज्ञान हुनु अत्यन्तै जरुरी हुन्छ ।

शेयर अनि शेयर बजार
कुनैपनि कम्पनी सञ्चालनका लागि आवश्यक पर्ने पूँजी परीपूर्तिका लागि कम्पनीको पूँजी वा स्वामित्व लाई साना साना एकाइमा बिभाजन गरीन्छ । त्यसलाई शेयर भनिन्छ । उक्त शेयरलार्ई लगानीकर्ता माझ बिक्री गरि खरिद बिक्री गर्ने बजारलाई शेयर बजार भनिन्छ । यसरी जम्मा भएको पूँजी कम्पनीले आफ्नो उद्देश्य प्राप्त गर्नमा प्रयोग गर्दछन् ।
कम्पनीले लगानी गरेबापत लगानीकर्तालाई बर्षैपिच्छे लाभांस प्रदान गर्दछ । कम्पनीले बर्षभरी प्राप्त गरेको लगानीयोग्य मुनाफा र लगानीकर्ताको लगानी अनूपातको आधारमा नियम अनुसार लाभांस बितरण गर्ने गर्दछ । कम्पनीले ब्यवसाय गर्दा नाफा वा घाटा दुबै हुन सक्छ । अतः उक्त नाफा या घाटा दुवैको लगानीको अनूपात अनुसार भागीदार हुन मञ्जुर भई गरीएको लगानीको अंश नै सेयर हो । उक्त शेयर खरिद बिक्री तथा कारोबार हुने बजार शेयर बजार हो । शेयर बजारमा पनि संस्थापक शेयर र सार्वजनिक वा साधारण शेयर गरी दुइ प्रकारका कारोबार हुने गर्दछ ।
संस्थापक शेयर
कम्पनी स्थापना गर्दा पूँजी संरचना अनुसार संस्था दर्ता गर्नेहरुले सम्बन्धित बिधान तथा नियमावलीमा उल्लेख भए बमोजिम गरीने शेयर लगानीलाई संस्थापक शेयर भनिन्छ ।
साधारण शेयर
संस्थापक शेयर हालिसकेपछि आवश्यक पूँजी परिपूर्तिका लागि सर्वसाधरण जनताका लागि प्राथमिक बजारमा जारी गरिने शेयरलाई साधारण शेयर भनिन्छ ।
प्राथमिक बजार
कुनै पब्लिक कम्पनीको संस्थापक शेयरधनिहरुले शेयर लगानी गरिसकेपछि पूँजीको संरचना अनुरुप नियम अनुसार सर्वसाधारण जनतालाई जारी गर्नुपर्ने साधारण शेयर निस्कासन हुने बजारलाई प्राथमिक बजार भनिन्छ । उक्त बजारमा जारी गरिएको शेयरलाई IPO (Initial Public Offering) र FPO (Further Public Offering) भन्ने गरिन्छ ।
पब्लिक कम्पनिले पूँजी संकलनका निमित्त साधारणसभाको निर्णय पश्चात धितोपत्र बोर्डबाट स्विकृत लिई कुनै मर्चेण्ट बैक लाई बिक्रि प्रवन्धक राखेर सर्वसाधारणलाई प्रथम पटक जारी गरीएको सेयर लाई IPO (Initial Public Offering) भनिन्छ । पुनः पूँजी बृद्धि गराउनका लागि एकपटक शेयर जारी गरिसकेपछि पुनः सर्वसाधारण जनतामा शेयर जारी गरिन्छ भने त्यसलाई FPO (Further Public Offering)भन्ने गरिन्छ ।
साथै प्राथमिक बजारबाट नेप्सेमा सूचिकृत भए पश्चात ब्रोकर लाईसेन्स प्राप्त गरेको ब्रोकरको माद्यम द्धारा सेयर खरिद बिक्रि गरिने बजारलाई दोस्रो बजार भनिन्छ ।
कसरी भर्ने आइपिओ ?
कुनै पब्लिक कम्पनिले बिक्रि प्रबन्धक मार्फत आबेदन खुला गरी निष्कासन गरेको साधारण शेयर IPO (Initial Public Offering) मा सर्वसाधारणले सि आस्वा प्रणाली मार्फत आवेदन दिन सक्छन । त्यसका लागि सर्वप्रथम आवेदनकर्ताको बैक खाता, डिम्याट खाता र सिआरएन नम्बर हुनु जरुरी हुन्छ । लगानीकर्ताहरुले डिम्याट खाता लाईसेन्स प्राप्त ब्रोकर कम्पनी अथवा बैक मार्फत खोल्न सक्छन भने सिआरएन नम्बर लिनको लागी आफ्नो खाता भएको बैकसँग सम्पर्क राख्नुपर्ने हुन्छ । डिम्याट तथा सिआरएन नम्बर लिईसकेपछि आवेदनका लागी निम्न दुई तरीकाले गर्न सकिन्छ ।मेरो सेयर मार्फत
News Desk 0 response मङ्लबार, भदौ १६, २०७७
सि आस्वा प्रणली प्रयोग गरी ईन्टरनेटको माध्यमबाट घरमै बसी बसी कम्प्युटर तथा मोवाईलबाट सेयर आवेदन दिन सकिन्छ । यो प्रणालीबाट शेयर आवेदन दिनको लागि लगानीकर्ताले सर्वप्रथम आफ्नो डिम्याट खाता रहेको संस्थाबाट मेरो शेयरको सुबिधा साथै बैक खाता रहेको बैक बाट सिआरएन नम्बर लिनुपर्ने हुन्छ । जसको माध्यम बाट लगानीकर्ताले कम्पनीको IPO र FPO को आवेदन घरमै बसेर जुसुकै बेलामा दिन सक्छन् । अहिले मेरो शेयरको सुबिधा सबै वाणिज्य बैक र अन्य बित्तिय संस्था बाट सजिलै लिन सकिन्छ ।
बैक मार्फत
लगानीकर्ताले शेयरको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन अनुमती प्राप्त अथवा सि आस्वा प्रणालीमा आवद्ध जुनसुकै बैकमार्फत आवेदन दिन सक्दछन । जसका लागि लगानीकर्ताले आफ्नो बैक खाता रहेको बैकमा गई सिआरएन नम्बर लिई सोही बैक मार्फत आवेदन पेश गर्नुपर्ने हुन्छ ।
शेयरको सार्वजनिक निष्कासनमा आवेदन दिने आवेदकको पैसा शेयर बाँडफाँड नहुञ्जेल बैक खातामा रोक्का हुने ब्यवस्थालाई आस्वा (Application Support By Block Ammount ASBA भनिन्छ । सोही आस्वा प्रणलीको केन्द्रिकृत प्रणालीलाई सि–आस्वा ( Centralized Application Support By Block Ammount ASBA) भनिन्छ ।
साधारणतया आईपिओ प्रति कित्ता १ सय रुपैयाँमा जारी गरिन्छ । यद्यपि, कुनै कुनै कम्पनिले १ सय रुपैयाँमा केही प्रिमियम थपेर समेत जारी गर्ने गरेको छन । नेपालको हालको नियम अनुसार आईपिओमा शेयर प्रतिब्यक्ति कम्तिमा १० कित्ता देखि लगानी गर्न पाईने ब्यवस्था रहेको छ । यसले गर्दा साना साना लगानीकर्ताहरुले पनि अवसर पाउनु का साथै सम्पूर्ण तहमा लगानीयोग्य वातावरण को निर्माण भएको बुझ्न सकिन्छ ।
नेपालको वर्तमान परिवेश नियाल्ने हो भने शेयर बजारमा लगानीकर्ताको सहभागीता उत्साहजनक रहेको छ । राम्रो कम्पनिको छनौट गरी लगानी गर्दा यसबाट छोटो अवधिमा अत्याधिक लाभ पनि लिन सकिने हुँदा यसमा सर्वसाधारण हरुको आकर्षण बढ्दै गएको हो । सरकार तथा नियामक निकायले शेयर बजारमा हुने अस्वस्थ कारोवारलाई न्यूनिकरण गरी शेयर साक्षरता कार्यक्रम अघि बढाएर जनताको सेयर बजारमा सहभागीतामा प्रोत्साहन गर्नुपर्ने टडकारो आवश्यकता देखिन्छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



