

-
वाग्मती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब ६८ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको तुलनामा १९ दशमलव ४६ प्रतिशतले कम हो । कार्यालयले सो आर्थिक वर्षमा पाँच अर्ब ८२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकमा घोषणा गरिएको लकडाउनका कारण लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आर्थिक वर्षमा करिब १० प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७४/७५ मा चार अर्ब २२ करोड ४३ लाख राजस्व सङ्कलन भएको थियो । कार्यालयका सूचना अधिकारी हरेराम ढकालले गत आर्थिक वर्षमा सङ्कलित रकममध्ये अन्तःशुल्क करतर्फ दुई अर्ब ५२ करोड १६ लाख, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब दुई करोड १५ लाख र आयकरतर्फ ८९ करोड ६० लाख राजस्व सङ्कलन भएको जानकारी दिए ।
कार्यालयले वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्यअनुसार घर बहालकर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियामवलीले स्थानीय निकायले आफ्नो नगरको घर बहालकर आफैं उठाउने निर्णयले आन्तरिक राजस्व कार्यालयको मातहतमा सो राजस्व यस वर्षदेखि नआएको बताइएको छ ।
News Desk 0 response बुधबार, भदौ ३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३



