

-
काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अङ्कले घटेर एक हजार ३८१.३८ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २८९.५५ मा पुगेको छ । आज १८६ कम्पनीका २३ लाख ४१ हजार ७४६ कित्ता शेयर रु ९२ करोड नौ लाख ९७ हजार ५६ मा खरिदबिक्री भयो ।
कारोबार भएका कुल १२ मध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.९३ अङ्कले घट्दा व्यापार ९.२४, जलविद्युत् ४.१३, अन्य ३.०६, लघुवित्त १.५६ र सामूहिक लगानी कोष ०.०९ अङ्कले घटेका छन् । होटल ३३.८४, विकास बैंक १०.४, वित्त ४.०३, निर्जीवन बीमा ३१.८७, उत्पादन ३.५९ र जीवन बीमा ५०.८ अङ्कले बढेका छन् ।
कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड ८१ लाख १५ हजार १८८ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ५४ लाख १६ हजार ७९४, एनआइसी एसिया बैंकको रु तीन करोड ९९ लाख ६१ हजार २०, एनएमबी बैंकको रु तीन करोड ६० लाख १० हजार २५८, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ३७ लाख ५६ हजार १६६ र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड १३ लाख नौ हजार ६५ मा खरिदबिक्री भयो ।
गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स ९.८२, नेपाल फाइनान्स ९.५५, ग्रीन डेभलपमेन्ट ७.४१ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ६ प्रतिशतले कमाए । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए ।
यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.६८, कालिका पावर कम्पनी ५.३६, अपि पावर कम्पनी ५.२६ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतले गुमाए ।
News Desk 0 response बिहिबार, साउन २२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



