

-
नेपालगञ्ज । धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष करिव ३६ हजार हेक्टरमा धानखेती गरिएको छ । रोपाइँ सकिएपछि पानी लगातार परेकाले धान सप्रने अपेक्षा केन्द्रले गरेको छ । यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णालीलगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रका बाली विकास अधिकृत शकिल अहमदले बताए ।
बाँके धानबालीमा अत्मानिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । यस वर्ष खेतमा हरियो धान लहलह भएको देख्दा किसानमा पनि बाली सप्रने आशा पलाएको छ । धानको उत्पादन वृद्धि गर्नका लागि जिल्लामा धान ब्लक, धान पकेट तथा स्मार्ट कृषिगाउँ कार्यक्रम पनि लागू भएको छ । यस कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाइ छ ।
किसानले ज्ञान केन्द्रबाट सिफारिस गरिएका राधा–४, जानकी, मन्सुली, हल्दीराम र केही स्थानीय जातका धान लगाएका छन् । जिल्लामा यस वर्षदेखि सिँचाइ सुविधा उपलब्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको हो । सिक्टा सिँचाइ आयोजनाले यहाँका ४० प्रतिशत क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याएको छ । विगत वर्षमा आकाशेपानीको भरमा धानखेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छाडेपछि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाको धानखेत हराभरा भएका छन् भने किसान पनि खुशी देखिएका छन् ।
किसानद्वारा उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने गरेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा कम्पनीले आवश्यकताका आधारमा धान खरिद गर्ने गरेको भरतराज खनियाँले जानकारी दिए । उनका अनुसार कम्पनीले गत वर्ष खरिद गरेको धान कुटाएर चामल बनाई विभिन्न जिल्लामा निकाशा गरिसकेको छ ।
News Desk 0 response आइतवार, साउन १८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



