

-
पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् ।
पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । महानगरले ‘छुट्याऔँ फोहर, बनाऔँ मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा महानगरका ११ वडामा अभियान सञ्चालन गरिने कडरियाले बताए ।
अभियान सञ्चालन गर्न पोखरा महानगरप्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति गठन गरिएको छ । अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझावसमेत सङ्कलन गरिएको छ ।
महानगर प्रमुख जिसीले घरमा उत्पादन हुने फोहरलाई तीन प्रकारले वर्गीकरण गरी सङ्कलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहरमध्ये कुहिने फोहरलाई प्राङ्गारिक मल तथा ऊर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।
जिसीका अनुसार फोहर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फोहरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका सङ्कलन प्रक्रियालाई यथास्थितिमा नै आगामी चार महिनासम्म निरन्तरता दिने, चार महिनाभित्रमा फोहरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गरिनेछ ।
अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहर मैला व्यवस्थापन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिइन् । योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ ।
सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा दैनिक १८२ टन फोहर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहरमध्ये ८० प्रतिशत घरयासी फोहर नै उत्पादन हुने गरेको छ । कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।
पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समितिका सदस्यसचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रूपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहर व्यवस्थापन गरिएको बताएकी छन् । बरालका अनुसार पोखरामा विसं २०५५ मा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र २०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । रासस
News Desk 0 response शुक्रबार, साउन १६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



