

-
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक भण्डै आठ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.५९ ले घटेर एक हजार ४५४.८९ मा झरेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक १.६४ ले घटेर ३०५.६७ पुगेको छ । कूल १८५ कम्पनीको ३२ लाख ४७ हजार ६८ कित्ता शेयर रु एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ मूलयमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ०.१२ र सामूहिक लगानी कोष ०.१४ ले बढेको छ ।
बैंकिङ ६.७२, व्यापार १७.३२, होटल २.९८, विकास बैंक १२.३, जलविद्युत् ३.६३, निर्जीवन बीमा ५७.६१, उत्पादन ३८.३४, अन्य ०.९७, लघुवित्त ९.९९ र जीवन बीमा ५०.५१ ले घटेको छ । स्टकका अनुसार आज कारोवारमा आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ३५ लाख ७६ हजार १५९ बराबरको कारोवार भयो ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु नौ करोड ८९ लाख २८ हजार ९०८, एनएमबी बैंक रु छ करोड ४१ लाख ९१ हजार ४५६, एनआइसी एशिया रु पाँच करोड ६२ लाख ७० हजार ४०, हिमालयन डिस्टिलरी रु पाँच करोड ४५ लाख ९१ हजार ३५९, एनआइसी एशिया लघुवित्त रु चार करोड ९४ लाख ७८ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार मिर्मिरे माइक्रो फाइनान्स ९.९४, जोशी हाइड्रोपावर ९.०९, मल्टीपर्पोज फाइनान्स ५.५६, हिमालयन पावर पार्टनर ५.३०,एनआइसि एशिया ब्यालेन्ुस फण्ड ४.२८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाए ।
यस्तै, पोखरा फाइनान्स ५.०३, नेपाल हाइड्रो ३.०१, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.८६, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर २.८५ र हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनीले २.५७ प्रतिशतले गुमाए ।
News Desk 0 response मङ्लबार, साउन १३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३ -
अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
बिहिबार, असार १८, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



