

-
बागलुङ । बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिए ।
रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्णरूपमा क्षति भएको छ भने अन्य पाँच भवनमा सामान्य क्षति पुगेको शर्माको भनाइ छ । लगातारको वर्षाले फार्ममाथिबाट पहिरो आउँदा कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको शर्माले बताए ।
अण्डा दिँदै गरेका कुखुरा मर्दा १० लाख र भौतिक संरचनामा १५ लाखभन्दा बढी क्षति भएको शर्माले बताए । “पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पुर्याएको छ”, शर्माले भने “व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मनिर्भर गराउने उद्देश्य पहिरोले बगाइदियो ।”
एक हजारभन्दा बढी कुखुरा मरेका छन् भने फार्ममा क्षति पुग्दा हुर्कँदै गरेका तीन हजार चल्ला र अण्डा दिँदै गरेका अन्य दुई हजार कुखुरालाई कसरी बचाउने भन्ने चिन्तामा परेको शर्माको भनाइ छ । पानी पर्न नरोकिएका कारण फार्ममाथिबाट अझै पहिरो खस्ने सम्भावना रहेको भन्दै शर्माले बचेका कुखुरा र चल्लालाई अन्यत्र सारेर बचाउने भए पनि जग्गा अभावमा अन्योल भएको बताए ।
शर्माले उत्पादन गर्नुभएका कुखुरा र अण्डा बागलुङ र म्याग्दी जिल्लामा खपत हुँदै आएको थियो । उनले बागलुङ जिल्लाको सिमाना नजिकै रहेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा विसं २०७२ देखि एक करोड ५० लाखको लागतमा छ भवन निर्माण गरेर पालुवा कृषि तथा पशु विकास फार्म सञ्चालनमा ल्याएका थिए । रासस
News Desk 0 response शुक्रबार, साउन ९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



