

-
काठमाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अङ्कले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर रु एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ मा खरिदबिक्री भए ।
कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेको छ । विकास बैंक ३.६५ र सामूहिक लागनी कोष ०.०४ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ३, व्यापार ७.९४, होटल ४२.५५, जलविद्युत् ६.६२, वित्त १.४९, निर्जीवन बीमा १८५.७, उत्पादन १७.८५, अन्य ४.७७, लघुवित्त २७.६५ र जीवन बीमा १५४.६७ अङ्कले बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर ११ करोड ३२ लाख ३९ हजार ६७९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स १० करोड २९ लाख ५६ हजार ८५३, शिखर इन्स्योरेन्सको आठ करोड पाँच लाख १८ हजार ८९६, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था सात करोड ७० लाख चार हजार ९५ र एनएमबी बैंकको छ करोड ३२ लाख २२ हजार ६९ मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटल र मिर्मिरे लघुवित्त विकास बैंकका शेयरधनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै ओरियन्टल होटल ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.४४, वेष्ट फाइनान्स सात र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६.७० प्रतिशतले कमाए ।
मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५.३६ प्रतिशतले गुमाए । यस्तै हिमालय ऊर्जा विकास कम्पनी ५.१०, सिन्धु विकास बैंक ४.५८, जोशी हाइड्रोपावर ३.७५, सानिमा बैंक ३.३०, एनआइसी एसिया ब्यालेन्स फण्ड २.३१ र नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले २.२४ प्रतिशतले गुमाए ।
News Desk 0 response बिहिबार, साउन ८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३ -
अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



