• काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ ।

    बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।