

-
प्युठान । प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो । जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताए ।
जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उनको भनाइ छ । “कागज उत्पादनमा प्रयोग हुने लोक्ता प्युठानकै सङ्कलन गर्ने गरेको छु”, उनले भने, “कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।” प्रदेशका सबै जिल्लामा निर्यात हुने नेपाली कागज काठमाडौँमा रहेको नेपालकै प्रख्यात उद्यमी अञ्जना ताम्राकारमार्फत अमेरिकासम्म निर्यात हुने गरेको उद्योग सञ्चालक कुँवरले बताए । उत्पादित कागजको बजारीकरणका लागि कुनै समस्या नरहेको बताए ।
अड्डा अदालत, सरकारी कामकाजलगायत सरकारी कार्यालयमा हुने लिखतहरु तयार गर्नका लागि नेपाली कागज बढी प्रयोग गरिन्छ । उद्योगबाट दैनिक एक हजार पाना उत्पादन हुने गरेको छ । उद्योग सञ्चालनको पहिलो वर्ष २५ लाख, अघिल्लो आर्थिक वर्षमा ४० लाख कारोवार भएको बताउँदै उनले आगामी आर्थिक वर्षमा एक करोडको कारोेवार गर्ने लक्ष्य लिएको बताए । उक्त उद्योगमा पहिलो चरणमा झण्डै १० लाख लगानीमा सञ्चालन गरिएको र अहिलेसम्म २५ लाख बराबरको लगानी पुगेको सञ्चालक कुँवरले बताए । “अब केही दिनमै उद्योगमा लगानी थप्ने योजना छ”, उनले भने, “२५ लाख थपेर ५० लाख पुर्याउने योजना छ ।”
उद्योग स्थापनाका लागि डिभिजन वन कार्यालय प्युठानबाट दुई लाख ८५ हजार, घरेलु तथा साना उद्योग विकास समिति प्युठान र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ६०/६० हजार अनुदान पाएको उनले बताए । नेपाली कागजका लागि आवश्यक पर्ने कच्चा पदार्थ लोक्ता जिल्लाको उत्तरी क्षेत्रका विभिन्न ठाउँबाट सङ्लकन गरिएको छ भने खर कपिलवस्तुको धानखोलाबाट आयात गर्ने गरेको उनले जानकारी दिए ।
News Desk 0 response बिहिबार, साउन ८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



