

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ ।
आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अङ्कले बढेको छ ।
बैंकिङ २१.५१, व्यापार ७.९४, विकास बैंक ३.८३, जलविद्युत् १३.०३, वित्त ७.१६, निर्जीवन बीमा ५.५४, उत्पादन २०.९५, अन्य १४.३४, लघुवित्त १५.१ र जीवन बीमा ७१.६ अङ्कले घटेको छ । कारोवार रकमका आधारमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु १८ करोड १५ लाख ८४ हजार ८२१ मा खरिद बिक्री भयो ।
त्यस्तै नेपाल पुनःबीमा कम्पनी १६ करोड २३ लाख ७६ हजार २६७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नौ करोड ९२ लाख ६९ हजार ६५५, एनएमबी बैंकको आठ करोड १३ लाख ७३ हजार ३४०, हिमालयन डिष्टिलरी लिमिटेड सात करोड ४८ लाख ८७ हजार ४७६ र एनआइसी एशिया बैंकको शेयर सात करोड १३ लाख चार हजार ५१७ मा खरिद बिक्री भयो ।
ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटल ९.९५, सोल्टी होटल ९.४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६.४८, श्रीराम सुगर मिल्स ६.२७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५.४३ प्रतिशतले कमाए । यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६१, घलेम्दी हाइड्रोपावर ६.९०, सिनर्जी पावर डेभलपमेन्ट ६.५४, जोशी हाइड्रोपावर ५.८८, रिडी हाइड्रोपावर ५.८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए ।
News Desk 0 response बुधबार, साउन ७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



