

-
गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताएका छन् ।
देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गरिने छ ।
गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृतिको संरक्षण सम्बद्र्धन गरिने बताए । अन्नपूर्ण आधार शिविर, हिँड्न लेक, मरेडाँडा, टाडापानी, ताल चियाउने गह्रालगायतका क्षेत्रको संरक्षण प्रवद्र्धन गरी पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराउने गाउँपालिकाको तयारी छ ।
अध्यक्ष कुँवरका अनुसार अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थानको विवरण सङ्कलन गरी प्रचारप्रसार गर्न ब्रोसर प्रकाशन गर्ने तयारी गरिएको छ । भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्टे«लियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवास पर्यटनको प्रचारप्रसार, प्रवद्र्धन व्यवस्थित गर्नुका साथै ती क्षेत्रलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गर्न पहल गरिने उनले बताए ।
सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन भइरहेको तथ्यलाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविरमा पर्यटनको बसाई व्यवस्थित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुराँमा निश्चित कोठा थप गर्ने नीति अवलम्बन गरिने गाउँपालिकाले जनाएको छ । स्थानीय पर्यटन समितिको सहकार्यमा आवश्यक पर्यटन कार्यक्रम सञ्चालन गरिने र गाउँपालिकाभित्र पर्यटन विकासको गतिविधि अगाडि बढाउन, प्रचारप्रसार गर्न अन्नपूर्ण आधारशिविर क्षेत्रमा प्लास्टिक, टिन फलामलगायतका वस्तुको व्यवस्थापन गरी सरसफाइमा जोड दिइने अध्यक्ष कुँवरले बताए ।
पर्यटकको बसाई अवधि लम्ब्याउन घान्द्रुक डाँडागाउँको गुरुङ संस्कृति झल्कने सङ्ग्रहालय, मेलाचे पार्क, नौडाँडाको निर्माणाधीन भ्युटावर, मणिको डाँडो, बराह पोखरी, ताल चियाउने गह्राको पार्क, शीतल गुफा धार्मिक पर्यटक पार्क आदिलाई व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, साउन ६, २०७७

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


