

-
भद्रपुर । आन्तरिक राजस्व कार्यालय मेचीले कोेभिड–१९ का कारण लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षकमा तीन अर्ब एक करोड अर्थात् लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले बताए । कार्यालयले आय करतर्फ एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ३७ करोड र अन्तः शुल्कतर्फ ३८ करोड र अन्य शीर्षकमा एक करोड गरी तीन अर्ब एक करोड राजस्व सङ्कलन गरेको छ ।
उनका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष तीन अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को तुलनामा भने कार्यालयले १४ प्रतिशत राजस्वमा वृद्धि भएको जनाएको छ । सो आर्थिक वर्षमा दुई अर्ब ६३ करोड मात्र राजस्व सङ्कलन भएको थियो ।
“कोडिभ–१९ का कारण सम्पूर्ण व्यवसाय ठप्प भए”, प्रमुख श्रेष्ठ भन्छन्, “यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा देखियो । यस्तो अवस्थामा समेत लक्ष्यको ८२ प्रतिशत कर सङ्कलन गर्न सक्नु कार्यालयको ठूलो उपलब्धि हो ।” उनले २० लाखसम्म कारोवार गर्ने करदातालाई आय कर बुझाउनका लागि कार्यालय नआई बैंकबाट वा घरमै बसेर आफ्नो इ–बैंकिङ सेवा प्रयोग गरेर पनि पैसा दाखिला गर्दा हुने प्रणालीको बिहीबारबाट लागू गरिएको बताए ।
News Desk 0 response शनिबार, साउन ३, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



