

-
टोकियो । जापानको केन्द्रीय बैंकले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४।७ प्रतिशतले खुम्चने जनाएको छ । बैंकले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि गहिरो अनिश्चितता कायम रहने पूर्वानुमान गरेको छ ।
जापानका नीति निर्माताहरुले अर्थतन्त्रमा ५.७ देखि ४.५ प्र्रतिशतसम्म गिरावट आउने बताउँदै आएका थिए ।
जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसको दोस्रो लहर आउने खतरा रहेकाले अहिल्यै पूर्वानुमान गर्न कठिन रहेको पनि जनाएको छ ।
बैंक अफ जापानले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, “जापानको अर्थतन्त्र यस वर्षको मध्यपछि सुधार हुन सक्ने देखिएको छ, तर कोरोनाभाइरस नियन्त्रणमा नआए आर्थिक वृद्धिको दर सामान्य मात्र हुनेछ ।”
बैंकले विश्व अर्थतन्त्र निरन्तर सुधारको क्रममा हुने अपेक्षा गरिएको बताउँदै जापानको कूल गार्हस्थ्य उत्पादन ३.३ प्रतिशत मात्र हुने जनाएको छ । तर अस्थिरता व्यापक रहेकाले अहिल्यै अर्थतन्त्रको परिस्थिति मूल्याँकन गर्न कठिन रहेको बैंकको भनाई छ ।
जापानको अर्थतन्त्रलाई सुदृढ बनाइराख्न केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत पनि सम्बोधन गर्ने प्रयास गरिरहेको छ । एएफपी
News Desk 0 response बुधबार, असार ३१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



