

-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवतः एक हप्तामै संसदमा उपस्थित हुने बताएका छन् ।
आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै बुर्लाकोटीले सम्भवतः एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुखमार्फत सदनलाई जानकारी गराउन चाहेको बताए ।
प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेका छन् ।
आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा रास्वपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो ।
विपक्षी दलले रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धताअनुसार रुलिङ गर्न माग गरेका छन् । एमालेले बैठकमा भएको सहमति सभामुखले कार्यान्वन नगरेको बताएको छ ।
विपक्षले भनाइ राखेपछि अहिले बैठक चलिरहेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १२, २०८३

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३


