

-
काठमाडौं : विपक्षी दलहरूले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी ब्यापक बनाएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यसयताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन् ।
आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेका भन्दै असन्तुष्टि व्यक्त गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताए। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उनको जिकिर छ ।
अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक–पटक प्रश्नसमेत गरे ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले यस्तो माग गरेका हुन्।
प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढङ्गले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनको भनाइ छ । परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ ।
यसैबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि सांसदहरूले उठेर विरोध गरेका छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ ७, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


