

-
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेश अध्यक्ष पदका लागि बेदबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । लामो समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय श्रेष्ठले संगठनको विभिन्न तहमा हासिल गरेको अनुभवका आधारमा प्रदेश नेतृत्वका लागि आफू उपयुक्त पात्र भएको दाबी गरेका हुन् ।
०५८ सालदेखि महासंघमा साधारण सदस्यका रूपमा आबद्ध भएका श्रेष्ठले जिल्ला सदस्य, उपाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् । संगठनभित्रको लामो अनुभव र कार्यसम्पादनका आधारमा उनले बागमती प्रदेशको नेतृत्व सम्हाल्न सक्ने क्षमता आफूमा रहेको बताएका छन् ।
आगामी चैत २३ र २४ गते हुने बागमती प्रदेश अधिवेशनलाई लक्षित गर्दै श्रेष्ठले प्रदेश कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । साथै, उद्योगी–व्यवसायीहरूको हकहित संरक्षणका लागि ठोस योजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
जिल्ला, नगर, वस्तुगत तथा एसोसियट सदस्यहरूको समस्या र आवश्यकताबारे राम्रो जानकारी राख्ने श्रेष्ठ आफैं पनि उद्योगी तथा व्यवसायी भएकाले व्यावहारिक नेतृत्व दिन सक्ने विश्वास गरिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०८२
उद्योगी–व्यवसायीहरूको व्यापक समर्थनसहित चुनावी मैदानमा उत्रिएका श्रेष्ठले आफ्नो अनुभव र योजनामार्फत बागमती प्रदेशलाई थप सशक्त बनाउने लक्ष्य लिएका छन् । सिन्धुपाल्चोकको नेतृत्व गर्दा र वागमती प्रदेशको भूगोलका तर्फवाट केन्द्रीय सदस्य बनेका बेला गरेको श्रेष्ठको कामका आधारमा पनि उनी प्रदेश अध्यक्षका लागि योग्य रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए ।

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


