

-
काठमाडौं : १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । दुई पटकको च्याम्पियन टोली इङल्यान्डसँग नेपालको ऐतिहासिक खेल हुनेछ । अनि नेपालले समूह चरणका आफ्ना चार वटै खेल वानखडे स्टेडियममा खेल्नेछ ।
यो विश्वकपका नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन् । सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।
विश्वकपअघि नेपालले युएई र क्यानडासँग अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोलीले उच्च मनोबलका साथ खेल शुरुआत गर्नेछ । नेपालसँगको खेलका लागि इङल्यान्डले हिजो नै प्लेइङ–११ सार्वजनिक गरिसकेको छ ।
नेपालले इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटालीसँग खेल्नेछ । इटाली पहिलो पटक विश्वकपमा सहभागी भएको छ । टी–२० विश्वकपमा नेपालको खेल अघि आज बिहान सवा ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा नेपालको खेलपछि बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्डले खेल्दैछन् ।
विश्वकपको पहिलो दिन हिजो भएका खेलमा भारत, पाकिस्तान र वेष्ट इण्डिजले विजयी शुरुआत गरेका छन् । प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गतेसम्म चल्नेछ ।
News Desk 0 response आइतवार, माघ २६, २०८२

सम्बन्धित शीर्षकहरु
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ : वरिष्ठ अधिवक्ता भट्टराई
शनिबार, कार्तिक १५, २०८३
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३


