

-
काठमाडौं : १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्दैछ ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । दुई पटकको च्याम्पियन टोली इङल्यान्डसँग नेपालको ऐतिहासिक खेल हुनेछ । अनि नेपालले समूह चरणका आफ्ना चार वटै खेल वानखडे स्टेडियममा खेल्नेछ ।
यो विश्वकपका नेपालका आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव डेब्युको तयारीमा छन् । सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।
विश्वकपअघि नेपालले युएई र क्यानडासँग अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोलीले उच्च मनोबलका साथ खेल शुरुआत गर्नेछ । नेपालसँगको खेलका लागि इङल्यान्डले हिजो नै प्लेइङ–११ सार्वजनिक गरिसकेको छ ।
नेपालले इङल्यान्डसँगै वेष्ट इण्डिज, स्कटल्यान्ड र इटालीसँग खेल्नेछ । इटाली पहिलो पटक विश्वकपमा सहभागी भएको छ । टी–२० विश्वकपमा नेपालको खेल अघि आज बिहान सवा ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा नेपालको खेलपछि बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्डले खेल्दैछन् ।
विश्वकपको पहिलो दिन हिजो भएका खेलमा भारत, पाकिस्तान र वेष्ट इण्डिजले विजयी शुरुआत गरेका छन् । प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिख अर्थात् फागुन २४ गतेसम्म चल्नेछ ।
News Desk 0 response आइतवार, माघ २६, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



