

-
काठमाडौं : उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न गरेका छन् ।
काठमाडौंको बौद्धमा मंगलबार साँझदेखि जारी बैठकमा कुलमानले पैसा खाएर समानुपातिकतर्फ टिकट बेचेको आरोप लागेको हो । बैठकमा सहभागी एक नेताका अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा। राम लामाको नाममा केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन् ।
केन्द्रीय सदस्य प्रवीण तामाङले समानुपातिकको टिकट कुलमानले बेचेको आरोप लगाएका हुन्।
उनलाई उदृत गर्दै बैठकमा सहभागी ती सदस्यले भने, ‘समानुपातिकमा आफन्तलाई उम्मेदवार बनाइएको छ। टिकट बेचेर उम्मेदवार बनेको हुँदा राम लामाको नाम फिर्ता लिनुपर्छ ।’
उज्यालो पार्टीका नेताहरूका अनुसार राम लामा कुलमानको भान्जा पर्छन् । अर्का केन्द्रीय सदस्य शंकर ढकालले कुलमानले मेरिटोक्रेसीको कुरा गरेर नेपोटिजम गरेको आरोप लगाए।
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो पार्टीतर्फका १८ जना परेका छन्।
कुलमानले आफन्त, सचिवालयमा काम गर्ने, छिमेकी लगायतको नाम समानुपातिकको बन्द सूचीमा राखेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक जारी छ ।
सोमबार साँझमात्रै उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमति भएको थियो । सोहीअनुसार रास्वपाकै तर्फबाट उम्मेदवारको सूची बुझाइएको छ ।
News Desk 0 response बुधबार, पुस १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


