

-
काठमाडौं : नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । केही दिन अगाडी ओली बलियो देखिएकोमा उनैका बलिया सारथीहरुले एक–एक गर्दै साथ छोडेपछि पोखरेल पक्ष उत्साहित बनेको छ । आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि चार नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छोडेका हुन् । ओली समूहमा महासचिवमा दाबेदारी पेस गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता नगरी घरतिर हिँडेको एमाले नेताहरू बताउँछन् । पन्तले ओलीले पदाधिकारीमा नराखेपछि अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष लड्ने तरखरमा छन् ।
सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् । दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए ।
पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
News Desk 0 response सोमवार, मंसिर ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
बंगलादेशमा हिन्दु युवकको बीभत्स हत्या : रूखमा..
शनिबार, पुस ५, २०८२ -
चुनाव बिथोल्ने कम नगर्न प्रचण्डको खबरदारी
शनिबार, पुस ५, २०८२ -
रवि लामिछाने आज काठमाडौँ फर्किँदै
शनिबार, पुस ५, २०८२ -
आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा..
शनिबार, पुस ५, २०८२ -
ट्रम्पले रोके अमेरिकी डीभी लोटरी
शुक्रबार, पुस ४, २०८२
-
बंगलादेशमा हिन्दु युवकको बीभत्स हत्या : रूखमा..
शनिबार, पुस ५, २०८२ -
चुनाव बिथोल्ने कम नगर्न प्रचण्डको खबरदारी
शनिबार, पुस ५, २०८२ -
रवि लामिछाने आज काठमाडौँ फर्किँदै
शनिबार, पुस ५, २०८२ -
आफ्ना दुई सैनिक मारिएको घटनापछि अमेरिकाद्वारा सिरियामा..
शनिबार, पुस ५, २०८२ -
ट्रम्पले रोके अमेरिकी डीभी लोटरी
शुक्रबार, पुस ४, २०८२
-
अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा मृत्यु..
सोमवार, मंसिर ३०, २०८२ -
माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन,..
बुधबार, मंसिर २५, २०८२ -
साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे युक्रेन ‘चुनावका लागि..
बुधबार, मंसिर २५, २०८२ -
एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय..
शुक्रबार, मंसिर २७, २०८२ -
एमाले अध्यक्षमा ओली र पोखरेलको रोचक भिडन्त
सोमवार, मंसिर ३०, २०८२



