

-
आफ्ना दुई सैनिक र एक नागरिक मारिएको घटनापछि अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईस) लक्षित व्यापक हवाई तथा जमिनबाट आक्रमण गरेको छ । अमेरिकी रक्षा अधिकारीहरूका अनुसार हिजो साँझ शुरु भएको कारबाहीमा ७० भन्दा धेरै ठाउँमा १०० भन्दा धेरै सटीक हतियार प्रयोग गरिएको अल जजिराले जनाएको छ ।
एक हप्ताअघि सिरियाको पाल्माइरा शहरमा एक सैन्य अड्डामा भएको आक्रमणमा आयोवा नेसनल गार्डका दुई सैनिक र एक नागरिकको ज्यान गएको थियो । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिकार गर्ने चेतावनी दिएका दिएका थिए ।
यद्यपि, आक्रमणको जिम्मेवारी कसैले नलिए पनि अमेरिकी अधिकारीहरूले आईएस संलग्न रहेको आशंका गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले ‘आतङ्ककारीविरुद्ध गम्भीर बदला’ लिइरहेको बताएका छन् ।
रक्षा मन्त्री पिट हेगसेथले यो कारबाहीलाई ‘अपरेशन हकआइक स्ट्राइक’ नाम दिँदै अमेरिकामाथि आक्रमण गर्ने जो–कोहीलाई कडा जवाफ दिइने चेतावनी दिएका छन् । सिरियामा इस्लामिक स्टेटविरुद्धको अमेरिकी अभियान सन् २०१४ देखि चलिरहेको छ । सन् २०१९ मा आईएस समूहको अन्तिम किल्ला ढले पनि साना समूहहरु अझै सक्रिय रहेको अमेरिकाको भनाइ छ ।
News Desk 0 response शनिबार, पुस ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



