

-
ढाका : बंगलादेशको मयमनसिंह जिल्लामा एक हिन्दु युवकको बीभत्स हत्या भएपछि त्यहाँको सुरक्षा व्यवस्था र साम्प्रदायिक सद्भावमाथि गम्भीर प्रश्न उठेको छ।
२७ वर्षीय दिपु चन्द्र दासको हत्या गरी शवलाई रूखमा बाँधेर आगो लगाइएको अवस्थामा फेला पारिएपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यस घटनाको कडा भर्त्सना गरेका छन्। युनुसका अनुसार यस जघन्य अपराधमा संलग्न रहेको आरोपमा ‘र्यापिड एक्सन बटालियन’ (आरएबी) ले सात जना संदिग्धहरूलाई पक्राउ गरिसकेको छ।
स्थानीय प्रहरीका अनुसार ती युवकलाई सुरुमा निर्मम रूपमा कुटपिट गरिएको थियो र पछि आगो लगाएर मारिएको थियो। पक्राउ पर्नेहरूमा १९ देखि ४६ वर्ष उमेर समूहका मोहम्मद लिमन सरकार, तारिक हुसेन, मानिक मिया, इर्शाद अली, निजुम उद्दिन, आलमगीर हुसेन र मिराज हुसेन रहेका छन्। पछिल्लो समय बंगलादेशमा चर्किएको हिंसात्मक श्रृङ्खलाका बिच यो घटना सार्वजनिक भएको हो।
यसैबिच, बंगलादेशको विद्यार्थी आन्दोलनमा सक्रिय रहेका इन्किलाब मञ्चका हादी उस्मानको गोली हानी हत्या भएपछि राजधानी ढाकामा व्यापक र हिंसात्मक प्रदर्शनहरू भएका छन्। सोही तनावका बिच बिहीबार प्रदर्शनकारीहरूले बंगलादेशका प्रतिष्ठित पत्रिकाहरू ‘प्रथम आलो’ र ‘डेली स्टार’ को कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन्।
एकपछि अर्को गर्दै भएका यस्ता हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक र सामाजिक अवस्थालाई थप अस्थिर बनाएको छ।
News Desk 0 response शनिबार, पुस ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


