

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।
आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगिसकेको छ । इलिमिनेटर खेलमा हिजो काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । यसअघि लुम्बिनीले विराटनगरलाई लिग चरणको खेलमा ५ विकेटले हराएको थियो । आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।
यस सिजनको एनपीएलमा लुम्बिनीले ७ खेल खेल्दा ४ मा जित र ३ खेलमा हारेको छ । ७ खेल खेलेको विराटनगरले ५ खेल जितेको छ भने २ खेलमा हार व्यहोरेको छ । एनपीएलको फाइनल खेल त्रिवि रंगशालामा पर्सि शनिबार दिउँसो साढे ३ बजे हुनेछ ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
‘जेनजी’सँग भएको सम्झौताको वैधानिकतामा प्रश्न
बिहिबार, मंसिर २६, २०८२ -
म्यानमारको सैन्य सरकारले अस्पतालमा हवाई आक्रमण गर्दा..
बिहिबार, मंसिर २६, २०८२ -
विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
बिहिबार, मंसिर २६, २०८२ -
फाइनल पुग्ने लक्ष्य सहित एनपीएलमा आज लुम्बिनी..
बिहिबार, मंसिर २६, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, मंसिर २६, २०८२
-
‘जेनजी’सँग भएको सम्झौताको वैधानिकतामा प्रश्न
बिहिबार, मंसिर २६, २०८२ -
म्यानमारको सैन्य सरकारले अस्पतालमा हवाई आक्रमण गर्दा..
बिहिबार, मंसिर २६, २०८२ -
विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
बिहिबार, मंसिर २६, २०८२ -
फाइनल पुग्ने लक्ष्य सहित एनपीएलमा आज लुम्बिनी..
बिहिबार, मंसिर २६, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, मंसिर २६, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



