

-
काठमाडौं : सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चौथो टोलीको रुपमा लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ ।
लुम्बिनीले शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेको हो । लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् । सुदूरपश्चिम गत वर्षको उप विजेता टोली हो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ । शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
सुक्रबारको खेलमा जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९।१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४, डार्शी सर्टले ३०, जेजे स्मिथले २१ र निरोशन डिकवलेलाले १७ र दिलीप नाथले अविजित १५ रन बनाए । बलिङमा जनकपुरका लागि संगीथ कुरेले ३, मयन यादवले २ तथा सञ्जय कृष्णमुर्तीले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
जनकपुरका लागि संगीथ कुरले सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २७ रन, ओपनर आसिफ शेखले २०, सञ्जय कृष्णमुर्तीले १४, शुभ कंसाकारले ११, अनिल शाहले ७ र माज सदाकतले ६ रन बनाए ।
News Desk 0 response शुक्रबार, मंसिर २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


