

-
ब्रह्माण्डमा पृथ्वी समेत रहेको आकाशगङ्गा मिल्की वेसँग मिल्दोजुल्दो अर्को विशाल खगोलीय संरचना फेला परेको खगोलशास्त्रीहरूले बताएका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपको सहायतामा भारतकी राशि जैनले विद्यावारिधिका लागि गरेको अनुसन्धानको निष्कर्षसहितको शोधपत्र वैज्ञानिक जर्नल एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ ।
राशिलाई टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चको राष्ट्रिय रेडिओ खगोल भौतिकी केन्द्रका प्राध्यापक योगेश वाडदेकरले मार्गदर्शन गरेका हुन् । नयाँ भेटिएको आकाशगांको नाम अलकनन्दा राखेको बीबीसीले जनाएको छ । तारा, ग्रह, ग्यास र धूलोसहित गुरुत्वाकर्षणका कारण एउटा प्रणाली बन्न पुगेको विशाल संरचना नै आकाशगङ्गा हो ।
अलकनन्दा आकाशगङ्गा पृथ्वीबाट १२ अर्ब प्रकाशवर्ष टाढा छ । अर्थात् यो संरचनाबाट पृथ्वीसम्म प्रकाश आइपुग्न १२ अर्ब वर्ष लाग्छ । धेरैजसो आकाशगङ्गाहरू १० देखी साढे १३ अर्ब वर्ष पूराना छन् । नयाँ फेला परेको आकाशगङ्गा पनि पृथ्वी रहेको मिल्की वेभन्दा पूरानो भएको अध्ययनमा संलग्न खगोलशास्त्रीको विश्वास छ ।
जैन र वाडदेकरले यो आकाशगङ्गा प्रभावशाली ब्रह्माण्डीय शक्ति केन्द्र भएको निष्कर्ष निकालेका छन् । अध्ययनको निष्कर्ष अनुसार अलकनन्दामा हरेक वर्ष नयाँ ताराहरूको उत्पत्ति भइरहेको छ । अलकनन्दा पृथ्वीबाट निकै टाढा रहेपनि गुरुत्वाकर्षणका कारण यो बढी चम्किलो देखिन्छ ।
News Desk 0 response बिहिबार, मंसिर १९, २०८२

सम्बन्धित शीर्षकहरु
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन सक्छ : प्रधानमन्त्री कार्की
मङ्लबार, माघ २१, २०८२-
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२ -
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र..
मङ्लबार, माघ २१, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले..
मङ्लबार, माघ २१, २०८२ -
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्कियो, २१..
मङ्लबार, माघ २१, २०८२
-
३० हजार टन युरिया मल खरिद गर्न..
मङ्लबार, माघ २१, २०८२ -
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र..
मङ्लबार, माघ २१, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२ -
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले..
मङ्लबार, माघ २१, २०८२ -
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्कियो, २१..
मङ्लबार, माघ २१, २०८२
-
८ सय नेपाली कामदारका लागि शून्य लागतमा..
सोमवार, माघ १३, २०८२ -
ऊर्जा क्षेत्रका समस्या संसदमा उठान गर्न मेरो..
मङ्लबार, माघ १४, २०८२ -
मौसममा आजदेखि क्रमिक सुधार हुने
आइतवार, माघ १२, २०८२ -
चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय..
आइतवार, माघ १२, २०८२ -
५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा
आइतवार, माघ १२, २०८२



