

-
काठमाण्डौ : उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक हप्तापछि पुनः वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज विशेषगरी पश्चिम नेपालका उच्च पहाडी र हिमाली भूभागमा सामान्य वर्षा तथा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हुम्लाको सिमिकोट, मनाङको ढिकुरपोखरीदेखि माथिल्लो क्षेत्रलगायत सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका सबैजसो हिमाली क्षेत्रमा हिमपात तथा उच्च पहाडका केही क्षेत्रमा वर्षा भएको छ । यस्तै मध्य र पूर्वी नेपालका केही हिमाली क्षेत्रमा पनि हिमपात भएको उनले जानकारी दिए ।
मौसमविद् अधिकारीका अनुसार आज राति पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा बदली भएको छ । तराई क्षेत्रमा पनि सामान्य बदली भएको महाशाखाले जनाएको छ । तर पहाडी तथा तराई क्षेत्रमा भने वर्षा नभएको र भरे राति पनि वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए ।
यसैबीच भोलिदेखि मौसम खुल्ने भएको छ । बदलीसहित केही ठाउँमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेकाले भोलि घमाइलो दिन हुने मौसमविद् अधिकारीले बताए । उनका अनुसार केही क्षेत्रमा सामान्य बदली भए पनि त्यो दिनभर रहँदैन ।
काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा घमाइलो दिन हुनेछ । प्रणालीको प्रभावका कारण तराई मधेशको हुस्सु पनि कम हुने अनुमान रहेको महाशाखाले जनाएको छ ।
News Desk 0 response मङ्लबार, माघ २१, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



