

-
काठमाडौं : आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्का हिमपात हुन सक्ने मौमविद्को अनुमान छ । पूर्वी तथा मध्य तराईका थोरै ठाउँमा बिहानीपख हुस्सु लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रका धेरैजसो जिल्लामा अस्ति शुक्रवार बेलुकादेखि बदलीसहित वर्षा र हिमपात भएको हो ।
मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आजदेखि क्रमिकरुपमा घाम लाग्नेछ । तर उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट वर्षा र हिमपातको सम्भावना कायमै छ । हिजो जुम्ला, डोल्पा, दार्चुला, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा कतै हल्का वर्षा, केही जिल्लामा हल्का वर्षासँगै हिमपात पनि भएको थियो ।
त्यस्तै गएराति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपात र सामान्यवर्षा भएको छ । लामो खडेरीपछि भएको वर्षा र हिमपातले चिसो बढेको छ । तर यसले किसानलाई राहत भएको छ ।
सिँचाइका लागि हिउँदे वर्षाकै भर पर्नुपर्ने उच्च पहाडी तथा हिमाली क्षेत्रमा लगाएको गहुँ, जौ, केराउ, मुसुरोजस्ता बाली सुक्न थालेका बेला पानी परेको हो । यस्तै आउँदो मंगलवारदेखि बुधबारसम्म फेरि अर्को प्रणाली आएर वर्षा तथा हिमपात गराउने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिएका छन् ।
यसैबीच हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गसँगै दशरथचन्द र जयपृथ्वी राजमार्ग खुलेको छ ।
News Desk 0 response आइतवार, माघ १२, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


