

-
काठमाडौं : जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्नेगरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो ।
यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।
News Desk 0 response बुधबार, कार्तिक २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



