

-
काठमाडौं : जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।
जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेको उनी निकट नेताहरुले बताएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकअघि आज ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।
News Desk 0 response मङ्लबार, अशोज २८, २०८२

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३ -
बीपी राजमार्ग फेरि अवरुद्ध
बुधबार, बैशाख १६, २०८३
-
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३ -
बीपी राजमार्ग फेरि अवरुद्ध
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



